रुपैडिहामा गोरखाका पन्त बसभित्र मृत फेला

नेपालगञ्ज । भारतबाट नेपाल फर्किएका गोरखा निवासी ४६ वर्षीय चेतबहादुर पन्त बसभित्र मृत भेटिएका छन् ।

भारतको रुपैडिहामा पन्त बसमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीले बताएका छन् ।

बिहारबाट रुपैडिहाका लागि हिँड्नुभएको पन्तको घर गोर्खाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ ।

डीएसपी पातलीले पन्तको साथमा रहेको नागरिकताका आधारमा पन्तको सनाखत भएको बताए ।

पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको भारत रुपैडिहास्थित प्रहरीले जनाएको छ । बिहार हुँदै रुपैडिहा आएको बसमा रहेका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Published : Friday, 2025 May 9, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया