भारतद्वारा जारी सुरक्षा निर्देशिका पालना गर्न नेपाली दूतावासको अनुरोध

काठमाडौं । भारतका लागि नेपाली राजदूतावासले भार सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनहरूको पालना गर्न अनुरोध गरेको छ ।

शुक्रबार नयाँ दिल्लीस्थित नेपाली दूतावासले अत्यन्त जरुरी सूचना जारी गरेर भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ ।

भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवम् संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनहरूको पालना गर्न नेपाली राजदूतावास, नयाँ दिल्ली अनुरोध गर्दछ’, सूचनामा भनिएको छ ।

कुनै आपतकालीन अवस्था आएमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको आवश्यक समन्वय र सहजीकरणका लागि राजदूतावास र सरोकारवाला निकायमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Published : Friday, 2025 May 9, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया