हामी आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भारतले आतंकवादीको अखडामा गरेको हमलाको पक्षमा रहेको जनाएको छ ।
शुक्रबार बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी र शीर्ष नेताहरूको बैठकले पहलगाममा आतंककारी आक्रमणपछि विकसित परिस्थितिमा आतंकवादको खिलापमा भएको कारवाही जायज भएको प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ’, डा.महतले भने, ‘आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं ।’
प्रवक्ता डा.महतले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानले भारतीय जनतामाथि आक्रमण भएको विषयमा चिन्ता व्यक्त गरेका छन् ।
कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको बताउँदै डा.महतले भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए ।
डा.महतले भने, ‘हामी आतंकवादी गतिविधि भयो त्यसको विपक्षमा उभिने हो । आतंकवादलाई संरक्षण गर्ने प्रवृति हुनुहुन्न भन्ने हाम्रो प्रष्ट धारणा हो ।’
उनले पाकिस्तान र भारतबीच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताएका छन् । ‘भारतको पहलगाममा जुन आतंकवादी आक्रमण भयो, त्यसको नेपाली कांग्रेसले कडा शब्दमा निन्दा पनि गरेका छौँ । हामी जहिले पनि आतंकवादको खिलापमा छौँ । आतंकवादको खिलापमा हुने कारबाहीलाई हामी जायज ठान्छौं । आतंकवादलाई कसैले पनि प्रश्रय नदिओस् भन्ने पक्षमा छौँ । युद्धको स्थिति सिर्जना भएको छ, आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी सिभिलिएनमाथि पनि आक्रमण भएको छ । सैनिक अड्डाहरुमा पनि आक्रमण भएको छ, जवाफि कारबाही भएको छ ।’
डा.महतले भने, ‘यो फुलस्केल युद्धको रुपमा परिणत नहोस्, शान्ति चाँडै बहाल होस्, भन्ने हामी चाहन्छौं । हामी आतंकवादको खिलापमा छौँ र आतंकवादलाई निरुत्साहित गर्नेतर्फ हामी सधैं साथमा छौँ ।’
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया