डीआईजी पौडेलद्वारा बागमती प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

हेटौँडा । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण पौडेलले बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

प्रदेश प्रहरी कार्यालय, हेटौंडामा डीआईजी पौडेलले पदभार ग्रहण गरेका छन् । डीआईजी पौडेल अपराध अनुसन्धान निर्देशनालय नक्साल काठमाडौंबाट सरुवा भई बागमती प्रदेश प्रहरीको जिम्मेवारी सम्हाल्न आएका हुन् ।

बागमती प्रदेश प्रहरी प्रमुख पौडेलले अमर प्रहरीको सम्मानमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुका साथै कार्यालय परिसरभित्र वृक्षारोपण गरेका छन् ।

पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक संजय सिंह थापाबाट बागमती प्रदेश प्रहरी कार्यालयको समग्र वस्तुस्थितिबारे जानकारी लिनुको साथै कार्यरत सम्पूर्ण सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी तथा प्रहरी कर्मचारीहरूलाई व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक नीति अनुरुप नागरिक सेवालाई केन्द्र विन्दुमा राख्दै प्रहरीको छवि उच्च राख्न आवश्यक निर्देशन समेत दिएका छन् ।

Published : Friday, 2025 May 9, 12:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया