कानूनी अड्चन र उल्झनले योजनाहरू नरोकिने ढंगले कार्यक्रम राखाैं : कांग्रेस सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले सरकार र निर्माण व्यवसायीहरूबीच कानूनी लगायतका विभिन्न उल्झनहरूले विकास निर्माणको काममा बाधा पुगेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद भण्डारीले कानूनी समस्या र उल्झन छन् भने त्यसलाई निकारकण गरेर विकास निर्माणको काम अगाडि बढाउन अनुरोध गरेका छन् ।

उनले भने, ‘सरकारले आगामी वर्ष ०८२÷८३ को वार्षिक कार्यक्रम संसदमा पेश गर्दै छ । निर्माण व्यवसायी र सरकार पक्षबाट सिर्जना भएको कानूनी पक्षका कारणले कुनै पनि विकासका योजनाहरू अबरुद्ध भइरहनु बाञ्छनीय भएन ।’

‘तनहुँ जिल्लाको श्रीङ्गपथ, कृष्णमार्ग लगायतका देशभरिका यस प्रकारका अवस्थामा रहेका मार्गहरू निर्माण व्यवसायीहरूको तर्फबाट कहिले र सरकारको पक्षबाट कहिले परेका कानूनी उजुरीहरूका आधारमा निर्माणका कामहरू अवरुद्ध भएका छन्’, सांसद भण्डारीले भने ।

‘आगामी वर्षको कार्यक्रममा कुनै पनि कानूनी अड्चन र उल्झनको आधारमा विकास योजनाहरू नरोकिने ढंगले कार्यक्रम पेश गरियोस्’, सांसद भण्डारीले भने ।

Published : Friday, 2025 May 9, 12:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया