डीआईजी चतुर्वेदीले मधेश प्रदेश प्रहरीको जिम्मेवारी सम्हाले

जनकपुर । प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदीले मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

बिहीबार डीआईजी चतुर्वेदीले जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा जिम्मेवारी सम्हालेका हुन् । चतुर्वेदीलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा कार्यरत प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् ।

डीआईजी चतुर्वेदीले प्रदेश कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरूलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पिडित मैत्री सहज र द्रुत प्रहरी सेवा, मानव अधिकार संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार गर्न निर्देशन दिएका छन् ।

मधेश प्रदेशका तत्कालीन प्रहरी प्रमुख डीआईजी लालमणि आचार्य प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि रिक्त रहेको मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न चतुर्वेदी आएका हुन् ।

Published : Friday, 2025 May 9, 11:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया