आतङ्कवाद नियन्त्रण गर्न गरिने कार्वाहीको हार्दिकतापूर्वक समर्थन छ : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री शंकर भण्डारीले भारतले आतंकवाद नियन्त्रणका लागि पाकिस्तानमाथि गरिएको आक्रमणको समर्थन गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेस नेता भण्डारीले भने, ‘आतङ्कवादलाई नियन्त्रण गर्दै शान्ति स्थापनाका लागि गरिने कार्वाहीको शान्तिप्रिय नेपाली जनताले सदैव समर्थन गर्दै आएका छन् ।’
‘हाम्रो यो अभियान आतङ्कवादलाई नियन्त्रण गर्न गरिने कुनै पनि कार्वाहीको हार्दिकतापूर्वक समर्थन गर्दछ’, नेता भण्डारीले भने ।
भारतको कश्मीरस्थित पहलगाममा वितेको ९ बैशाखका दिन पर्यटकको एक समूहमाथि अतिवादी मुश्लिम बन्दुकधारी आतङ्ककारीहरूबाट एक नेपाली सुदीप न्यौपानेसहित २६ जना व्यक्तिको मृत्यु तथा दर्जनौं घाइते भएको मानवता विरोधी क्रुर आततायी घटना भएको भण्डारीले बताएका छन् ।
‘वैदिक सनातन हिन्दूराष्ट्र स्थापना महाअभियान नेपालले यस अघि नै कडा शब्दमा निन्दा गर्दै भत्र्सना गरिसकेको छ स्मरण गराउन चाहन्छौं’, उनले भने ।
‘विश्वमा जुनसुकै राष्ट्र, क्षेत्र वा भूभागमा हुने आतङ्ककारी गतिविधिको हामी सदैव विपक्षमा छौं’, नेता भण्डारीले भने ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया