तीनकुनेमा हिंसाका फरार भगौडा पक्राउ

काठमाडौं । कथित राजावादी आन्दोलनका क्रममा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले ३९ वर्षीय मनबहादुर कालामगरलाई पक्राउ गरेको छ ।

बिहीबार काठमाडौंबाट गुल्मीको रुरुक्षेत्र नगरपालिका वडा नं. ६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने वर्ष मनबहादुरलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

चैत १५ गतेका दिन भएको प्रदर्शनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण र दुर्व्यवहार गर्ने तथा सरकारी गाडी तोडफोड, आजगनी गर्ने कार्यमा संलग्न भएको आरोपमा मनबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ परेका कालामगरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Published : Thursday, 2025 May 8, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया