क्यानडा लैजाने भनेर ठगी गर्ने सुजिता पक्राउ

काठमाडौं । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा २७ वर्षीया सुजिता अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गट्ठाघर बस्दै आएकी अधिकारीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार टेकुबाट पक्राउ गरेको हो ।

आफूले अध्ययनका क्यानडाका भिसा पाएको र डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै एक युवकबाट २० लाख रुपियाँ ठगी गरेको आरोप छ ।

२० लाख लिएपछि अधिकारी सम्पर्कबिहिन भएकी थिइन् । पक्राउ परेकी अधिकारीलाई आपराधिक लाभको कसूरमा अनुसन्धान शुरु भएको छ ।

Published : Thursday, 2025 May 8, 7:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया