आतंकवादविरुद्धको लडाइँमा भारतसँग उभियो नेपाल

काठमाडौं । भारत–पाकिस्तान द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ ।
पहलगाममा भएको अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बिहीबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपाल सरकारको दृढ अडान रहेको उल्लेख गरेको छ ।
परराष्ट्र मन्त्रालयले भनेको छ, ‘नेपालले सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडानस्वरुप बर्बर आतंकवादी आक्रमणको तत्काल र स्पष्टरूपमा निन्दा गर्दै आएको छ । आतंकवादविरुद्धको लडाईंमा नेपाल सबैको साथमा उभिएको छ ।’
सरकारले गत २२ अप्रिलमा भारतको पहलगाममा एक नेपालीसहित निर्दोष पर्यटकमाथि आतंकवादी आक्रमण भएको र त्यसले सिर्जित भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सरकार गहिरो चिन्तित रहेको जनाएको छ ।
‘उक्त दुःखद समयमा पनि नेपाल भारतको साथमा उभिएका थियो’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘आतंकवादविरुद्ध हाम्रो बलियो साथ छ ।’
सरकारले नेपाली भूमिलाई छिमेकी देशहरूविरुद्ध प्रयोग हुन नदिने पनि बताएको छ ।
‘नेपालले कुनै पनि शत्रुतापूर्ण शक्तिलाई आफ्नो भूमि छिमेकी देशहरूविरुद्ध प्रयोग गर्न दिनेछैन’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले भारत र पाकिस्तानबीचको तनाव कम होस् भनेर आशा पनि गरेको छ । ‘हामी यस क्षेत्रमा शान्ति चाहन्छौं । भारत–पाकिस्तानबीचको तनाव कम हुने आशा छ’, विज्ञप्तिमा भनिएको छ ।
भारतको पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको हो ।
अपरेसन सिन्दुर नाम दिइएको आक्रमणमामा २६ जनाको मृत्यु भएको थियो । जसमा जैश–ए–मोहम्मदका प्रमुख मसूद पनि रहेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया