वैवाहिक करणीमा रेडनोटिस जारी भएका अन्सारी पक्राउ

काठमाडौं । जबरजस्ती करणी सम्बन्धी कसूर (वैवाहिक करणी) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको वीरगंज महानगरपालिका–३१ बेलवाप्रसौनी ठेगाना भएका समसुदिन अंसारी पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।

एनसीबी कतार, दोहाको समन्वयमा कतारमा पक्राउ परेका अन्सारीलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको छ ।

जबरजस्ती करणी मुद्दामा संलग्न रही फरार रहेका अन्सारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ अप्रिल १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

अन्सारीलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Published : Thursday, 2025 May 8, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया