धितोपत्र बोर्डका अध्यक्षको कमिशन काण्डबारे सभापति खतिवडाद्वारा जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले धितोपत्र बोर्डका अध्यक्ष कमिशनको प्रकणमा मुछिएको भन्नेबारे सरकारको जवाफ माग गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद खतिवडाले भने, ‘धितोपत्र बोर्डको अध्यक्षको कमिशनको काण्डहरू बाहिर आएका छन् । यो बारे के हो सरकारले जवाफ दिनुपर्छ ।’
उनले भने, ‘अख्तियारको प्रमुख रुदै हुनुहुन्छ । विदेशमा गएको सम्पत्ति नेपालमा भ्रष्टाचार गरेको सम्पत्ति ल्याउन सकिएन भनेर यो वातावरण गर्न पनि सरकार लागोस् ।’
कांग्रेसका सांसद खतिवडाले राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न सरकारसँग आग्रह गरेका छन् । उनले भने, ‘छिटोभन्दा छिटो गभर्नरको नियुक्ति होस् ।’
कांग्रेस सांसद खतिवडाले भने, ‘रुस र युक्रेनको युद्ध । इजरायल र हमासको युद्ध । अमेरिकन राष्ट्रपतिको वर्तमान नीति । चीन र ताइवानको एकीकरणको प्रयासको प्रभाव । भारतले पाकिस्तानविरुद्ध आतंकवादको विरुद्ध गरेको युद्ध जस्ता अहिले झन् जोखिमयुक्त अवस्थामा हामी छौँ भन्ने हामीलाई लागेको छ ।’
‘यो समयको जटिलतालाई सामना गर्न सरकार तयारी रहोस् भन्ने अनुरोध गर्न चाहन्छु’, उनले भने ।
‘आतंकवादविरुद्धको लडाइँमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छौँ’, सांसद खतिवडाले भने ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया