सशस्त्र प्रहरीद्वारा भारतीय रुपियाँ १५ लाख सहित एक जना पक्राउ

दमक । सशस्त्र प्रहरी बल नेपालले झापाको मेचीनगर–७ स्थित जोरसिमलबाट ठूलो परिमाणमा भारतीय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्ती टोलीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा शंका लागि जाँच गर्ने क्रममा भारु १४ लाख ९९ हजार सात सय रुपियाँ फेला परेको जनाएको छ ।

बरामद भएको रुपियाँसहित मोरङको उर्लाबारी–८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले बताए ।

बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने सशस्त्र प्रहरीले तयारी गरेको छ ।

Published : Thursday, 2025 May 8, 1:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया