लाखौं ठगी गर्ने तीन जनालाई काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंको तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटको विदुर नगरपालिका–१३ घर भएका २८ वर्षीय जसमान तामाङ, काठमाडौं महानगरपलिका– ९ बस्ने सोही महानगरपालिका–१६ घर भएका ३६ वर्षीय भुपाल श्रेष्ठ र नागार्जुन
नगरपालिका–५ बस्ने स्याङ्जाको गल्याङ नगरपालिका–४ घर भएका ४८ वर्षीय मीनबहादुर थापा रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये जसमानले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख २० हजार रूपियाँ, भुपालले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ८ लाख रूपियाँ र मीनबहादुरले क्यानडा पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७५ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जसमानलाई काठमाडौं महानगरपलिका–१२ बाट मंगलबार, भुपाललाई काठमाडौं महानगरपालिका–२६ बाट बुधबार र मीनबहादुरलाई
नागार्जुन नगरपालिका–५ बाट बुधबार पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया