आतंकवादी हमलापछि पाकिस्तानमाथि भारतको कडा कारबाही

नयाँ दिल्ली । भारतले पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा शृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको छ ।
भारत प्रशासित कश्मीरमा पर्यटकहरूमाथि घातक आतङ्कवादी आक्रमण भएको दुई सातापश्चात् भारतले पाकिस्तानमाथि आक्रमण गरेको छ । भारतको रक्षा मन्त्रालयका अनुसार ‘अपरेशन सिन्दूर’ नाम दिएर आक्रमण गरेको हो ।
पहलगाम आक्रमणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको पाकिस्तानले भारतले अहिले गरेको आक्रमणलाई अकारण भनेको छ । प्रधानमन्त्री शेहबाज शरिफले उक्त दुष्टतापूर्ण आक्रमणको बदला लिइने बताएका छन् ।
दिल्लीका अनुसार बुधवार बिहानै पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा नौवटा भिन्न स्थानमा हमला गरिएको छ ।
ती स्थानमा आतङ्कवादी संरचनाहरू भएका र त्यहाँबाट भारतविरुद्धका हमला नियोजित र निर्देशित भएको उसको दाबी छ ।
उसले पाकिस्तानी सेनाको कुनै संरचनामा प्रहार नगरिएको जोड दिँदै आफ्नो कारबाही केन्द्रित, अनुपातपूर्ण अनि थप आक्रमण नउक्साउने गरी भएको जनाएको छ ।
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले जियो टीभीसँग कुरा गर्दै ती हमलामा गैरसैनिक इलाकामा प्रहार भएको बताएका छन् । उनका अनुसार भारतले आतङ्कवादीका शिविरलाई लक्षित गरिएको भनेर झुटो बोलेको हो ।
पाकिस्तान सेनाका प्रवक्ता अहमद शरिफले बीबीसीलाई दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताए ।
पहलगाममा एप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणपश्चात् दक्षिण एशियाका यी दुई परमाणुशक्तिसम्पन्न देश भारत र पाकिस्तानबीच तनाव चर्किएको थियो ।
हमला गैरसैनिकविरुद्ध लक्षित दुई दशकयताकै सबभन्दा खराब हमला थियो जसमा हिन्दू पुरुषहरूलाई छानीछानी मारिएको थियो । त्यसले भारतभरि आक्रोश पैदा भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पृथ्वीको जुनसुकै कुनासम्म पुगेर भएपनि सन्दिग्ध आक्रमणकारी तथा तिनका योजनाकारलाई खोजिने अनि तिनको कल्पनाभन्दा कडा सजाय दिइने चेतावनी दिएका थिए । भारतले पहलगाम आक्रमण गराउने उसले शङ्का गरेको समूहको नाम दिएको छैन ।
भारतीय प्रहरीले पहलगाममा हमला गर्नेमध्ये दुई पाकिस्तानी नागरिक भएको बताएको छ । दिल्लीले आतङ्ककारीहरूलाई सरसहयोग गरेको आरोप पाकिस्तानमाथि लगाएको छ । पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया