माओवादी अध्यक्ष दाहाल शौचालयमा लडेर घाइते, टाउकोमा चोट
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शौचालयमा लडेर घाइते भएका छन् ।
मंगलबार राति दाहाल ललितपुरको खुमलटारस्थित निवासमा शौचालयमा लडेर घाइते भएको छोरी गंगा दाहाले बताएकी छिन् । । दाहाललाई मंगलबार राति करिब १२ बजेतिर ललितपुरको मेडिसिटी अस्पताल पुर्याइएको थियो । दाहाल अस्पताल भर्ना भएका छन् । अहिले उनको अवस्था सामान्य छ ।
गंगाले भनेकी छिन्, ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।’
आकस्मिक कक्षमा उपचारका क्रममा दाहालले बताएअनुसार बाथरुम जाँदाखेरि अल्झिएर लडेका थिए । दाहालको टाउकोमा चोट लागेको छ । दाहालको टाउकोमा तीन टाका लगाइएको छ ।
अध्यक्ष दाहालको सिटीस्क्यान रिपोर्ट सामान्य छ । अहिले वार्डमा राखेर उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया