कांग्रेस नेतृ एवम् सांसद नागिना यादवका पिताको निधन
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद नागिना यादवलाई पितृ शोक परेको छ ।
सांसद यादवका पिता प्राध्यापक जयनारायण यादवको सोमबार राति ७६ वर्षको उमेरमा निधन भएको कांग्रेसले जनाएको छ ।
वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा लामो समयसम्म प्राध्यापन गरेका जयनारायण यादव सो क्याम्पसको नेपाल प्राध्यापक संघको तीन कार्यकालसम्म सभापति रहेका थिए ।
स्व.जयनारायण यादवले शिक्षा क्षेत्रको विकास र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी व्यक्तित्वलाई गुमाएको शोक वक्तव्यमा उल्लेख छ ।
जयनारायण यादवको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ पार्टीका केन्द्रीय सदस्य एवं सांसद नागिना यादव लगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया