एमाले धनुषामा ‘बाहुबली’ नेता रघुवीर समूहद्वारा कुर्सी आक्रमण

जनकपुरधाम । नेकपा (एमाले) धनुषाको ८औँ जिल्ला अधिवेशनमा विवाद हुँदा बाहुबली नेता रघुवीर महासेठ समूहले अर्को समूहलाई कुर्सी हानेर आक्रमण गरेको छ ।
जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका लक्ष्मीनारायण यादव समूहले आफ्नो टिमबाट उम्मेदवारी दिएका केही व्यक्तिको नक्कली हस्ताक्षर गरेर उम्मेदवारी फिर्ता गराएको र तोकिएको समयभित्र उम्मेदवारी नदिएका व्यक्तिको नाम उम्मेदवारको अन्तिम नामावली सूचीमा समावेश गरेको आरोप लगाउँदै मतदानस्थलमै धर्ना बसेका थिए ।
त्यसपछि एमाले सचिव रघुवीर महासेठनिकट अध्यक्ष पदका उम्मेदवार भोला यादवका समर्थकहरूले शान्तिपूर्ण धर्ना बिथोल्न खोजेपछि कुर्सी हनाहान भएको थियो । एमालेका बाहुबल नेता रघुवीर महासेठ समूह धनुषामा कमजोर भएपछि हिंसा, झडप र कुटपिटको सहारा लिएको छ । रघुवीर महासेठ समूहले शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रियामा भाग लिएको समूहमाथि आक्रमण गरेपछि बबाल भएको छ ।
लक्ष्मीनारायण यादव समूहका नेता उमाशंकर अरगरियाले अर्को समूहले निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाएका छन् ।
वैशाख २० गतेदेखि शुरु भएको धनुषा एमालेको अधिवेशनमा दुई समूहबीच पदाधिकारीमा कुरा नमिल्दा निर्वाचनमा जाने विषयमा सोमबार मात्रै सहमति भएको थियो ।
सहमतिअनुसार सोमबार राति उम्मेदवारी दर्ता भएको थियो । मंगलबार बिहान मतदान सुरु हुनुअघि नै विवाद भएपछि मतदान अनिश्चितकालका लागि स्थगित गरिएको नेताहरूले बताएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया