रेशमबारे गृहमन्त्रीले जवाफ दिने, नाउपा र जनमतद्वारा सदनमा अबरोध

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको विषयमा सरकारको जवाफ र छानविनको माग गरेर सदन केही समय अवरुद्ध भएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले आ–आफ्नो सिटमा उभिएर सदन अबरोध गरेका थिए । उनीहरूको अबरोधपछि गृहमन्त्री रमेश लेखकले संसदमा जवाफ दिने भएका छन् ।

बैठकमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरूले रेशमलाल चौधरीलाई पक्राउ गरेको विषयमा छानविनको माग गरेर सदन अवरोध गरेपछि गृहमन्त्री लेखकले बिहीबारका दिन सदनमा रेशमलाल चौधरी पक्राउ परेको विषयमा जवाफ दिने सन्देश सभामुख देवराज घिमिरेमार्फत पठाएका थिए ।

गृहमन्त्री लेखकले बिहीबार जवाफ दिने आश्वासन आएपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदहरू आ–आफ्नो सिटमा बसेका थिए ।

Published : Tuesday, 2025 May 6, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया