कक्षा १० मा अध्ययनरत छात्राका संवेदनशील अंग समाउने शिक्षक पक्राउ

काठमाडौं । बेबिलोन बोर्डिङ स्कुल, शान्तिनगर, काठमाडौंमा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिक्षक टीकाप्रसाद सुवेदीलाई पक्राउ गरेको छ ।

सोमबार अभिभावकले दिएको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शिक्षक सुवेदीले बाल यौनदुर्व्यवहारबारे छानबिन गर्न म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले उल्लेख गरेको छ ।

पीडितकी आमाले गएको चैत महिनामा कक्षा १० मा अध्ययनरत् आफ्नी छोरीलाई शिक्षक सुवेदीले दुर्व्यवहार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

टिफिनको समयमा छात्रालाई एक्लै स्टाफ रुममा भएका बेलार शिक्षक सुवेदीले जबरजस्ती करणी गर्ने मनसायले संवेदनशील अंगमा छुने जस्ता गतिविधि गरेको जाहेरीमा उल्लेख छ ।

जाहेरीसँगै अन्य विद्यार्थीले समेत दुर्व्यवहारमा परेको भन्दै उल्लेख गरेको म्यासेजको स्क्रिनसट समेत प्रहरीलाई दिइएको छ ।

Published : Monday, 2025 May 5, 10:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया