रास्वपाद्वारा १५ अर्ब पोखरा घोटालाका नाइके प्रदीपसहितको समूहलाई कारबाही माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको झण्डै १५ अर्ब घोटालाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद नेपालीलेले पोखरा विमानस्थ निर्माणका क्रममा ‘काले काले मिलेर खाम भाले’ जस्तो कार्य गरेको बताए । उनले विमास्थल निर्माणका क्रममा शुरुदेखि नै घोटाला, अनियमितता गरेर भ्रष्टार गरेको बताए ।

उनले भने, ‘काले काले मिलेर खाम भाले । पोखरा विमानस्थल त्यस्तै भएको छ । पोखरा विमानस्थल बनाउनुको पर्दाफास गर्छ कि गर्दैन सरकारले ? त्यो आँट राख्छ कि राख्दैन सरकारले ?’

‘२ अर्ब २२ करोड ४० लाख रुपियाँ बराबरको कर छुट । त्यसमा पनि २ अर्ब २० करोड गैरकानूनी रुपमा भुक्तानी’, सांसद नेपालीले भने ।

‘यसले के संकेत गर्छ भने यो प्रष्ट छ यो परियोजना शुरु देखि नै केही स्वार्थ समूहले कब्जा गरेको थियो’, उनले भने ।

‘सरकारले पोखरा विमानस्थलका लागि चिनियाँ एक्जिम बैंकबाट २५ अर्ब ८८ करोड रुपियाँ ऋण लिएको थियो’, नेपालीले भने, ‘२०७२ सालमा सम्झौता, ०७३ सालमा शुरु, ०७९ सालमा उद्घाटन । तर, आजसम्म विमानस्थल चलेको अवस्था छैन ।’

‘यो केवल पोखरा विमानस्थलको मात्रै विषय होइन । यो जनतामाथिको, भरोसामाथिको चोट हो’, सांसद नेपालीले भने, ‘दोषी सबैलाई कानूनी दायरामा ल्याइयोस् । राष्ट्रिय गौरवका योजनामा हुने यस्ता अनियमिततामाथि शून्य सहनशीलता कडाइका साथ कार्यान्वयन गरियोस् ।’

केही दिन अगाडि सार्वजनिक लेखा समितिको उपसमितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका हालका महानिर्देशक समेत रहेका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख प्रदीप अधिकारीसहितका उच्च कर्मचारीहरूलाई नाम तोकेर भ्रष्टाचारमा कारबाही सिफारिस गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पोखरा विमानस्थलमा भएको घोटालाका विषयमा अनुसनधान गरिरहेको छ । महानिर्देशक अधिकारीसहितका कर्मचारीहरूले अख्तियारमा पटक पटक बयान दिएका छन् ।

Published : Monday, 2025 May 5, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया