पर्सा प्रहरीद्वारा ३ महिनामा १२ करोड बराबरको अबैध सामग्रीहरू बरामद

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ३ महिनामा करिव १२ करोडभन्दा धेरै मूल्यको अवैध भन्सार छलीका सामग्रीहरू बरामद गरेको छ ।
प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार तीन महिनाको अवधिमा १२ करोडभन्दा बढीको अवैध सामानहरू नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र वीरगंज भन्सार कार्यालयमा बुझाइएको छ । पर्सा प्रहरीको टोली र क्राईम ब्रान्च शाखाको टोलीको सक्रियतामा नेपाल–भारत सिमानामा हुने तस्करी र लागुऔषध ओसारपसारमा कडाई गरिएको छ ।
२०८१ साल माघ १४ गतेदेखि वैशाख १७ गतेसम्म १२ करोड २३ लाख ५० हजार २ सय ५४ रुपियाँ बराबरको अवैध सामानसहित ५० वटा सवारी साधन वीरगन्जको आईसिपी भन्सारबाट निस्केका गाडीहरू नियन्त्रणमा लिइएको छ ।
भन्सार छली गरेर नेपाल भित्र्याएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, आईसिपी भन्सार वीरगन्जबाट भन्सार जाँचपास भई निसकेको प्रज्ञापन पत्रभन्दा बढी भन्सार छलेर लुकाई छिपाई लगिरहेको ट्रकहरुबाट अवैध सामान बरामद गरेको पर्सा प्रहरी प्रमुख मिश्रले बताए ।
भारतबाट रातिको समयमा चोर बाटो हुँदै तस्करहरूले नेपाल भित्र्याउँदै गरेको ब्रोइलर कुखुराको चल्लाहरू सहित तस्कर र मोटरसाइकल गरी १० लाख रुपियाँ बराबरका चल्ला नष्ट भएको छ ।
पर्सा प्रहरीले विभिन्न मुद्दामा ४०२ वटा मुद्दा दर्ता गरेको जनाएको छ । त्यसमध्ये २०३ वटा मुद्दा फछ्र्यौट र १९९ वटा बाँकी रहेको छ ।
प्रहरीले गाँजा ५ सय १६ किलो ७५० ग्राम बिभिन्न स्थानबाट बरामद गरेको छ । चरेश ३१ किलो ५०० ग्राम, ब्राउन सुगर २२४ ग्राम ४६ मिलिग्राम, अफिम ७२ ग्राम, डाइजोपाम २ एम्पुल, नुर्फिन २ एम्पुल, नाट्रभेटट्याब्लेट २४ पिस ट्याब्लेट र कोडीवेल ५० बोतल, नाइट्राजेपाम ८८६ ट्याब्लेटसहित ३१ जना मानिसलाई पक्राउ गरि लागुऔषध कसूरमा २३ वटा मुद्दा दर्ता गरिएको छ ।
प्रहरीले २६ लाख रुपियाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ५ जनालाई पक्राउ गरेको छ ।
विभिन्न मुद्दामा फरार रहेका ४८९ जनालाई प्रहरीले पक्राउ गरि ३८ वर्ष १ महिना ७ दिन कैद र १ करोड १२ लाख ८० हजार ३०३ रुपियाँ जरिवानासहित रकम असुल गर्न पर्सा प्रहरी सफल भएको छ ।
प्रहरीले यौनजन्य क्रियाकलाप पक्राउ परेका मानिसहरूमाथी मानव बेचबिखनमा मुद्दा चलाई संलग्न रहेका ५ जनालाई पुर्पक्षका लागि वीरगन्ज कारागार पठाइएको छ ।
जंगल फडानी गरि ल्याएको अवैध काठ २२ कयु फिट बरामद गरेको प्रहरीले जनाएको छ । पर्सा जिल्लाको ग्रामीण भेगमा लागुऔषध कारोबारीले खेतमा लगाएका २८ कठ्ठा गाँजाको बो नष्ट गरेको प्रहरीले जनाएको छ । अफिमको ५०० बोट नष्ट गरिएको छ । घरेलु मदिरा बनाउने भठ्ठी करिब १४ वटा नष्ट गरिएको छ ।
३ महिनामा उजुरी शाखामा ५६७ निवेदन परेका छन् । ३५१ उजुरी फर्छ«यौट गरेको पर्सा प्रहरीले जनाएको छ । घरेलु हिंसाको तथा जनचेतनामुलक कार्यक्रम १ हजार ४५० वटा गरिएको छ । ७४ हजार ९५६ जना लाभान्वित रहेको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ ।
तस्करहरूले अवैध गिट्टी बालुवा उत्खनन् गरी भारततर्फ लाने गरेको अवस्थामा १० वटा ट्याक्टर पक्राउ गरि कारबाहीको लागि जिल्ला समन्वय समिति पर्सामा बुझाएको जनाएको छ ।
एसपी मिश्रले हरेक महिना प्रहरी अधिकृतसँग बैठक गरेर पर्साको विभिन्न नाकामा रहेका प्रहरी चौकी र ईलाका प्रहरी प्रमुखहरूलाई तस्करी नियन्त्रणमा कडाई गर्न निर्देशन दिँदै आएका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया