झण्डै ४१ करोड घोटालामा ठूला माछा भ्रष्टाचारी ठहर, अख्तियारलाई सफलता

काठमाडौं । विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा भएको घोटालामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दोषी ठहर गरेको छ ।
आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले प्रिन्टिङ मेसिन खरिदमा भ्रष्टाचार भएको भन्दै कैद तथा जरिवाना फैसला सुनाएको हो ।
अदालतले सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदमा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपियाँ भ्रष्टाचार भएको ठहर गरेको हो । विशेषले पौडेललाई २ वर्ष कैद र १३ करोड ५८ लाख ५२ हजार ५८० रुपियाँ जरिवानाको सजाय सुनाएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम १ वर्ष ६ महिना कैद र कार्यकारी निर्देशकको भूमिकामा रहेकाले थप ६ महिना कैद सजाय हुने ठहर गरिएको छ ।
अख्तियारले पौडेलसहित तीन जनालाई दोषी करार गरेको छ । म्याक्स इन्टरनेसनल प्रालि र म्याक्सका सीईओ अकबर हुसेनलाई पनि दोषी ठहर भएको छ । उनीहरूविरुद्ध दामासाहीले जरिवाना तोकिएको छ ।
घोटाला प्रकरणमा ४० करोड ७५ लाख ५७ हजार ७४० रुपियाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।
म्याक्स इन्टरनेसनल प्रालि र म्याक्सका सीईओ अकबर हुसेनविरुद्ध १३ करोड ५८ लाख ५२ हजार ५८० जरिवाना र १ वर्ष ६ महिना कैद सजायको फैसला भएको छ ।
फैसलामा भनिएको छ, ‘प्रतिवादी म्याक्स इन्टरनेसनल प्रालि कानुनी व्यक्ति भएको कारण कैद सजाय गरिरहन परेन । अर्का प्रतिवादी अकवर हुनेसलाई मुख्य प्रतिवादी विकल पौडेललाई ठहर भए सरहको १ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’
हुसेनले श्रीमतीको नाममा दर्ता रहेको कम्पनीमार्फत स्पेशीफिकेसन र दरभाउ उपलब्ध गराई आफ्नो कम्पनीमार्फत खरिदको सम्पूर्ण कार्य गरेका गराएको देखिएको पनि अदालतको फैसलामा उल्लेख छ ।
अदालतले पौडेल, म्याक्स इन्टरनेसनल प्रालि र म्याक्सका सीईओ अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रुपियाँ क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा दाखित गर्नुपर्ने ठहर गरेको सूचना अधिकृत यज्ञराज रेग्मीले बताए ।
प्रिन्टिङ मेसिन खरिदका लागि ७६ करोड रुपियाँ विनियोजन भएकोमा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रमभन्दा बाहिर गई पेपर बेस्ड र कार्ड बेस्ड प्रिन्टिङ मेसिन खरिद गरी ४० करोड ७५ लाख ५७ हजार ७४० रुपियाँ हानी नोक्सानी भएको ठहर अदालतले गरेको छ । कार्ड बेस्ड प्रेस मेसिनरी सफ्टवयेर तथा हार्डवयर रिलेटेड इक्विपमेन्टको ३० करोड र पेपर बेस्ड प्रेस मेसिनरी सफ्टवयेर तथा हार्डवयर रिलेटेड इक्विपमेन्टको ४६ करोड बजेट विनियोजन भएको देखिन्छ ।
अन्य प्रतिवादीहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापा कार्यकारी निर्देशक पौडेलको निर्देशअनुसार खरिद प्रक्रियामा सहभागी भएकाले बदनियतपूर्ण संलग्नता नरहेको भन्दै उनीहरूलाई सफाइ दिएको छ ।
यसअघि पनि भ्रष्टाचार कसुरमा पौडेल जेल सजाय भोगिरहेका छन् । सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार आरोपमा विशेषले २०८१ जेठ ८ गते २५ करोड ४७ लाख बिगो असुल र त्यति नै रकम जरिवाना तथा २ वर्ष कैद सजायको फैसला गरेको थियो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया