कपिलवस्तुमा निलगाईको हत्या गर्ने फरहान खान हातहतियारसहित पक्राउ

चन्द्रौटा । संरक्षित वन्यजन्तु निलगाईको हत्या गरेको आरोपमा प्रहरीले कपिलवस्तुमा फरहान खानलाई पक्राउ गरेको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ निवासी खानलाई प्रहरीले हतियारसहित पक्राउ गरेको जनाएको छ । खान आइतबार बिहान १ बजे स्थानीयको सहयोगमा पक्राउ परेका हुन् ।
खानको साथबाट प्रहरीले मारिएको निलगाई, हतियार लगायतका सामग्री बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कृष्णनगर तथा प्रहरी चौकी उदरपुरको टोलीले खानलाई महाराजगञ्ज नगरपालिका वडा नं. ६, सानो बुटहनियास्थित उखुबारीबाट नियन्त्रणमा लिएको थियो ।
खान र उनको समूहले बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल लिएर निलगाईको हत्या गर्न पुगेका थिए ।
खानको झोलाबाट प्रहरीले ६ थान गोली, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको छ । प्रहरीले मरेको निलगाई, शिकारमा प्रयोग भएका सवारी साधन, गोली तथा अन्य सामग्री गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाएको छ ।
निलगाईको हत्या गरेको घटनाको अनुसन्धान कपिलवस्तुका सहायक वन अधिकृत पहलमान सेर्बुजा मगरले सुरु गरेका छन् ।
बिचार/ब्लग

कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
नेपाल यिनीहरूले तर्क गरे जस्तो खराब छैन
दिलनिशानी मगर
फेसबुकबाट तपाईको प्रतिक्रिया