गृह मन्त्रालयद्वारा सात जना डीआईजीहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सात जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा गरेको छ ।
आइतबार जारी भएको सूचनाअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा डीआईजी ईश्वर कार्कीको सरुवा भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा डीआईजी उमाप्रसाद चतुर्बेदी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा डीआईजी अरुण पौडेलको सरुवा भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा डीआईजी दिनेशकुमार आचार्यको सरुवा भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा डीआईजी राजेन्द्रप्रसाद भट्टको सरुवा भएको छ ।
डीआईजी डम्बरबहादुर बिकलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र डीआईजी गोविन्द थपलियालाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) लाजिम्पाटमा सरुवा भएको छ ।


Published : Sunday, 2025 May 4, 8:42 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया