आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना नगरौं : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार र नीति तथा कार्यक्रमको आलोचना नगर्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले कांग्रेस र एमालेको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सहयोग हुने गरी रचनात्मक रुपमा छलफलमा सहभागी हुन निर्देशन दिएका हुन् ।

सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भने, ‘सभापति शेरबहादुर देउवाज्यूले सरकारको तर्फबाट संसदमा राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमलाई सहयोग हुने गरी सचनात्मक रुपमा छलफलमा सहभागी हुन निर्देशन दिनुभएको छ ।’

सभापति देउवाले सरकारको आलोचना नगर्न पनि आग्रह गरेका छन् । सरकारले सकेसम्म जनताको सेवालाई केन्द्रमा राखेर कामहरू गरिरहेको देउवाले बताएका छन् ।

Published : Sunday, 2025 May 4, 11:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया