पाटन संयुक्त क्याम्पसमा नेविसंघको शानदार जित, केही कम्युनिस्टहरूको जमानत जफत

पाटन । नेपाल विद्यार्थी संघ (नेविसंघ)का रोहित कपाली अत्याधिक लोकप्रिय मतसहित पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा निर्वाचित भएका छन् ।
शनिबार राति सार्वजनिक भएको अन्तिम नतिजाअनुसार ललितपुरको पाटनमा रहेको क्याम्पसको स्ववियुमा एक सदस्यबाहेक सबै पदमा नेविसंघका उम्मेदवारहरूले जितेको छ ।
नेविसंघका कपाली ९०६ मत प्राप्त गर्दै विजयी भएका छन् । अध्यक्षमा एमालेनिकट अनेरास्ववियुका तिलकबहादुर कुमालले ३६५ मत ल्याएर पराजित भएका छन् । माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका दीपककुमार राना मगरले १५३ मत ल्याएका छन् ।
सचिवमा नेविसंघका रूपक न्यौपाने ५४७ मत प्राप्त गर्दै विजयी भएका छन् ।
अनेरास्ववियुका नितिन पाण्डेयले ४८६ र अखिल क्रान्तिकारीका टीकाराम खत्रीले ४५६ मत पाएर पराजित भएका छन् ।
कोषाध्यक्षमा नेविसंघका प्रज्वल तामाङ विजयी भएका छन् । तामाङले ५९२ मत ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुकी सुष्मा शाहीले ४४९ र अखिल क्रान्तिकारीका उदय पोख्रेलले ३६२ मत ल्याएर पराजित भएका छन् ।
नेविसंघबाट सदस्यहरूमा राम दाहाल, दीपेन्द्र अगरेजा मगर, प्रल्हाद कटुवाल, विशाखा शाही, जेनिश शाह, रोशन खत्री र रिशब भगत सदस्य निर्वाचित भएका छन् ।
सदस्यमा एमाले निकटको अनेरास्ववियुबाट माधव पाण्डे एक जना मात्रै विजयी भएका छन् ।
शनिबार सम्पन्न भएको मतदानमा १ हजार ६७७ मत खसेको थियो । यसअघि चैत ५ गते ११९ मत खसेपछि विद्यार्थी संगठनबीच झडप भएपछि मतदान स्थगित भएको थियो । त्यतिबेला खसेको ११९ मत पनि जोडिएको छ ।
नेविसंघका उम्मेदवारहरूले निकै लोकप्रिय मत पाएका छन् । कपालीसहितका उम्मेदवारले लोकप्रिय मत पाएपछि केही उम्मेदवारहरूको जमानत जफत समेत भएको छ ।



बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया