कांग्रेस सभापति बानियाँद्वारा राक्सिराङ-मनहरी-हेटौंडा जाेड्ने सडक उद्घाटन

राक्सिराङ । नेपाली कांग्रेस बागमतीका सभापति बानियाँले चितवन हुँदै मकवानपुरको राक्सिराङ गाउँपालिकाका ३ वटा वडा जानु पर्ने बाध्यता हटेको बताएका छन् ।
शनिबार राक्सिराङमा सडकको उद्घाटन गर्दै सभापति बानियाँले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका ३ वटा वडाका स्थानीयहरू सोझै मनहरीबाट हेटौंडा आउन सक्ने गरी सडक पूर्वाधार सञ्चालनमा ल्याइएको बताए ।
हेटौंडा र गाउँपालिकाको केन्द्र चनैपुर आउन पनि राक्सिराङ–६, ७ र ८ का स्थानीयलाई चितवनको राप्ती नगरपालिकाको परेवाकोट वा भण्डारी हुँदै जानुपर्ने बाध्यताम रहेको थियो ।
सभापति बानियाँले आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा मोटरेबल पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने बताए ।
मनहरी र राक्सिराङका जनताले भीरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नको लागि आफूले व्यक्तिगत रुपमा पहल गरेर लोथरबाट राक्सिराङको विकट भेग पुग्ने छोटो बाटो निर्माण गरिएको बानियाँले बताए ।
सभापति बानियाँले भने, ‘आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय आउन पनि अन्य जिल्ला हुँदै लामो र कष्टकर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य गराउन मैले पहल गरेर यो छोटो बाटो निर्माण गरेको हुँ ।’
उनले भने, ‘यो बाटोको अझ स्तरीकरण साथै एउटा मोटरेबल पुलको आवश्यकता रहेको छ । मेरै कार्यकालमा पुल पनि बनाउने हो ।’
यसअघि राक्सिराङ वडा नं. ६ को सिलिङ्गे, सिलाधुनी, राक्सिराङ–७ को दामराङ, घिराङ, चरिमारा र राक्सिराङ–८ नम्बर वडाको ठूलो टोड्के, सानो टोड्के लगायतका नागरिकाले भण्डाराबाट २ घण्टाको कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।
लोथरबाट नयाँ बनेको बाटोबाट पाङथली हुँदै राक्सिराङ ६ को सिलिङ्गेबाट चेपाङ राजमार्गको दुईटार पुग्न सकिन्छ भने बाङराङबाट सिलाधुनी चरिमारा गैजुराङबाट खैराङ र कैलाश गाउँपालिकाको वैकुण्ठसम्म पनि निस्कन सकिनेछ ।
मनहरी ६ स्थित लोथरबाट हिलेदमार हुँदै पाङ्थली जोडिएपछि यात्राको समय आधा छोटिएको छ ।
नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्यसमेत रहेका मनहरी ६ का स्थानीय अशोक शाक्यले जनताको प्रतिनिधिको अठोटबाट विकट गाउँलाई सहजताको लागि सडक निर्माण भएको भन्दै कांग्रेस सभापति बानियाँको प्रशंसा गरेका छन् ।
मकवानपुर क्षेत्र नम्बर–२ (२)बाट निर्वाचित सांसद समेत रहेका सभापति बानियाँ र मनहरी गाउँपालिकाले उक्त सडक निर्माणका लागि साझेदारी गरेका थिए । मनहरी–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटर बाटो ट्रयाक खुलेपछि राक्सिराङका ३ वटा वडाका स्थानीयलाई सहज भएको हो ।
२०७४ को निर्वाचन प्रचारप्रसारको क्रममा सभापति बानियाँले राक्सिराङका नागरिकले आफ्नै गाउँपालिका कार्यालय र जिल्ला सदरमुकाम झर्न अर्को जिल्लाको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता हटाउन सडक विस्तार गरिने प्रतिबद्धता जनाएका थिए ।
सोही प्रतिबद्धता अनुरुप बानियाँले निजी एक्साभेटरको प्रयोग गरी करिव ४ महिना लगाएर लोथर–पाङ्थली सडकको करिब ७ किलोमिटर ट्रयाक पूरा गराएका थिए ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया