आफूहरूलाई बजेटमा भेदभाव नगर्न कांग्रेसका समानुपातिक सांसदहरूको माग

काठमाडौं । नेपाली कांग्रेसका समानुपातिक सांसदहरूले आगामी बजेटमा आफूहरूका योजना र कार्यक्रम कटौती हुने हो कि भनेर चिन्ता जनाएका छन् ।

शनिबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकमा समानुपातिक सांसदहरूले बजेटमा आफूहरूलाई भेदभाव गर्न नहुने माग राखेको प्रमुख सचेतक श्याम घिमिरेले बताए । समानुपातिक सांसदहरूको आशंकालाई मन्त्रीहरूले निवारण गर्दै कुनै पनि सांसदलाई भेदभाव गरेर बजेट नल्याइने आश्वासन दिएको घिमिरेले बताए ।

उनले भने, ‘सांसदहरूले बजेटको विषयमा कुरा उठाउन स्वभाविक हो । बजेटका विषयलाई लिएर अहिलेको बैठक आयोजना गरिएको छ ।’

‘समानुपातिक सांसदहरूको आशंका हामीलाई पक्षपात गर्ने हो कि भनेर आशंका पनि हो । त्यो ढंगको अवस्था छैन’, प्रमुख सचेतक घिमिरेले भने ।

‘सबै मन्त्रीहरूको प्रतिवद्धता जाहेर गर्नुभएको छ । हामी विभेद गर्दैनौँ भनेर । त्यो विषय ठूलो नबन्ला भनेर कांग्रेसले आशा गरेको छ’, प्रमुख सचेतक घिमिरेले भने ।

Published : Saturday, 2025 May 3, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया