आफूहरूलाई बजेटमा भेदभाव नगर्न कांग्रेसका समानुपातिक सांसदहरूको माग
काठमाडौं । नेपाली कांग्रेसका समानुपातिक सांसदहरूले आगामी बजेटमा आफूहरूका योजना र कार्यक्रम कटौती हुने हो कि भनेर चिन्ता जनाएका छन् ।
शनिबार काठमाडौंमा बसेको कांग्रेस संसदीय दलको बैठकमा समानुपातिक सांसदहरूले बजेटमा आफूहरूलाई भेदभाव गर्न नहुने माग राखेको प्रमुख सचेतक श्याम घिमिरेले बताए । समानुपातिक सांसदहरूको आशंकालाई मन्त्रीहरूले निवारण गर्दै कुनै पनि सांसदलाई भेदभाव गरेर बजेट नल्याइने आश्वासन दिएको घिमिरेले बताए ।
उनले भने, ‘सांसदहरूले बजेटको विषयमा कुरा उठाउन स्वभाविक हो । बजेटका विषयलाई लिएर अहिलेको बैठक आयोजना गरिएको छ ।’
‘समानुपातिक सांसदहरूको आशंका हामीलाई पक्षपात गर्ने हो कि भनेर आशंका पनि हो । त्यो ढंगको अवस्था छैन’, प्रमुख सचेतक घिमिरेले भने ।
‘सबै मन्त्रीहरूको प्रतिवद्धता जाहेर गर्नुभएको छ । हामी विभेद गर्दैनौँ भनेर । त्यो विषय ठूलो नबन्ला भनेर कांग्रेसले आशा गरेको छ’, प्रमुख सचेतक घिमिरेले भने ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया