परराष्ट्रमन्त्री डा.राणाको प्रश्न– राजनीतिक दलहरू मिल्न सक्छ, तपाईहरू मिल्न किन नसक्ने ?

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले मतभिन्नताहरू हुँदाहुँदै पनि प्रमुख राजनीतिक दलहरू मिलेर मुलुकलाई निकास दिन सरकार बनाउने गरेको उदाहरण दिएकी छिन् ।

शनिबार काठमाडौंमा एनआरएनएको एकता सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख राजनीतिक दलहरू मिल्न सक्छन् भने एनआरएनएका साथीहरू मिल्न सक्दैनन् भन्ने कुरा नहुने बताइन् । उनले कांग्रेस र एमाले मिलेर अहिले सरकार बनेको समेत उल्लेख गरेकी छिन् ।

उनले भनिन्, ‘सानोतिनो मतभिन्नता जहाँ पनि हुन्छ । त्यसलाई निकास निकालेर जानुपर्छ । नेपालको राजनीतिबाट पनि सिक्नुपर्छ ।’

‘माओवादी र एमालेको पनि सरकार बन्यो । एमाले र कांग्रेसको पनि सरकार बनिरहेको छ । हामी चलिरहेका छौँ । माओवादी र कांग्रेसको पनि सरकार बन्यो । सबै जना निर्वाचनमा जाँदा हाम्रो कति झगडा पर्छ । योभन्दा पनि ठूलो द्वन्द्वमा हामी फसेका छौँ । हामी देशको हितमा अगाडि बढ्न सक्छौँ भने तपाईहरू अवश्य सक्नु हुन्छ’, डा.राणाले भनेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘नेपालमा एकदमै सकारात्मक भूमिका नेपालीको विज्नेश भनेको तपाईहरूलाई हामी हेर्न चाहन्छौँ । आफू आफू बस्ने । म फालानो पार्टीको सदस्य, म फानो पार्टीको सदस्य भनेर भनेर तपाईहरूले आफ्नो आफ्नो पार्टीको सदस्य छ नि ।’

‘यसमा पनि तपाईहरू आबद्ध हुनुहुन्छ । म नै पोलिटिसियन । म तपाईहरूलाई भन्छु’, उनले भनिन्, ‘खाली पोलिटिसियनले मात्रै देश चल्दैन । पोलिटिसियन गर्ने ठाउँ आफ्नो आफ्नो पार्टीको भ्रातृ संगठनमा गर्नुस् । त्यहाँ नगर्ने हो भने भोलि मैले पनि गर्न पाउँदिन होला । यहाँ आएर नगरिदिनुस् ।’

डा.राणाले भनिन्, ‘यहाँ आएर देश बनाउने काममा तपाईहरूले सहयोग गरिदिनुस् ।’

‘हामी पोलिटिसियनलाई देशमा कसरी समृद्धि गर्ने भनेर थाहा छैन । तपाईहरूले धेरै मेहनत गर्नुभएको छ’, उनले भनिन् ।

उनले भनिन्, ‘मेरो सन्देश एउटा मात्रै हो । एकता गर्नुस् । एकताबाट तपाईहरूले जुन कुरा गर्न खोज्नुभएको छ त्यसबाट तपाईहरू धेरै काम गर्न सक्नु हुन्छ । एनआरएनएको नागरिकताको हकअधिकार सकेसम्म राम्रो बनाउन तयार छौँ । छलफलको राम्रो वातावरण बनाउँछौँ । कानूनको रुपमा बनाएर जानुपर्छ ।’

‘एउटै जेनरेशनभित्र तपाईहरूले कति ठूलो फड्को मारेर आफ्नो कम्युनिटी, रिलेटिभ, आफ्नो समुदायलाई अगाडि बढाउनु भएको छ’, डा.राणाले भनिन् ।

Published : Saturday, 2025 May 3, 3:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया