सरकारविरुद्ध कमल थापा बरबराएपछि रामहरि खतिवडाले देखाइदिए विगतको अनुहार

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालको राजनीतिमा कमल थापालाई अनैतिक र राजनीतिक भ्रष्टको रुपमा टिकाटिप्पणी हुने गरेको बताएका छन् ।
सभापति खतिवडाले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘नेपालको राजनीतिमा सबैभन्दा अनैतिक र राजनीतिक भ्रष्ट कोहि छ भने कमल थापालाई भन्न सकिन्छ भन्ने भनाई छ । यो बजारको भनाइ हो ।’
‘उनी (कमल थापा) पदको लागि राजा, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र जे पनि भन्छन् र गर्छन्’, खतिवडाले भने ।
‘आज यो सरकार भ्रष्ट देखेछन्’, सभापति खतिवडाले भने, ‘तर उनलाई सरकारमा हुँदा के गरे भन्ने जानकारी छ ?’
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष समेत रहेका पूर्वमन्त्री कमल थापाले वर्तमान सरकारविरुद्ध निकै तल्लोस्तरमा उत्रिएर आक्षेप लगाएपछि कांग्रेस नेता एवम् राज्य व्यवस्था समितिका सभापति खतिवडाले कमल थापाको विगतको राजनीतिक चरित्र र अनुहार उदाङ्गो पारिदिएका छन् ।
राजा र राजसंस्था तथा हिन्दु राष्ट्रको एजेण्डा बोकेर हिँडेका कमल थापाले गत चुनावमा एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर मकवानपुरबाट उम्मेदवार बनेका थिए । कमल थापाले अहिले आएर एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध विभिन्न आक्षेपहरू लगाएर पानीमाथिको ओभानो बनेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया