नेपालद्वारा प्रिशा घटनाको निष्पक्ष अनुसन्धान र केआईटीटीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति माग

काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिंगा ईन्स्च्युट अफ ईन्ड्रष्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको मृत्युको घटनासम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धानको माग गरेको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर भनेको छ, ‘यस दुःखद् घटनाको सम्बन्धमा स्वतन्त्र एवम् निष्पक्ष अनुसन्धान हुन तथा उक्त शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूतिको लागि यस मन्त्रालयले आवश्यक समन्वय गरिरहेको छ ।’
‘साथै यस घटनाका सम्बन्धमा नेपाली राजदूतावास, नयाँ दिल्लीले भारतको विदेश मन्त्रालय, उडिसा सरकारका सम्बन्धित निकायहरू, उक्त शैक्षिक संस्थाका प्रतिनिधिहरू लगायत अन्य सरोकारवाला निकायहरूसँग निरन्तर सम्पर्क एवम् समन्वय गरिरहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।
परराष्ट्र मन्त्रालयले १ मे २०२५ को बेलुका उडिसा राज्यस्थित किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चीर शान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
परराष्ट्रमन्त्री डा.राणाले प्रिशा साहको मृत्युको खबर थाहा पाउनेवित्तिकै मातहतसँग समन्वय गरेर कुटनीतिक पहल गरिसकेकी छिन् । उनले किटमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षामा कुटनीतिक रुपबाट चासो र चिन्ता जनाइसकेकी छिन् ।
भारतको विदेश मन्त्रालयले पनि सो घटनाप्रति गहिरो दुःख र चिन्ता जनाइसकेको छ । घटनालाई भारतीय पक्षले निकै गम्भीर रुपमा लिएर निष्पक्ष र स्वतन्त्ररुपबाट अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया