सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा एमालेमा गुट चलाउँदै आएकी पूर्वराष्ट्रपति भण्डारीसँग भेट

काठमाडौं । नेकपा (एमाले)भित्र प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच शक्ति संघर्ष चलिरहेको चर्चा चलेबा बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भेट गरेका छन् ।

शुक्रबार मन्त्री गुप्ताको निजी सचिवालयद्वारा सार्वजनिक गरिएको तस्बिरमा मन्त्री गुप्ताले पूर्वराष्ट्रपति भण्डारीलाई भेट गरेका छन् । भेटमा के कुराकानी भएको हो केही भनिएको छैन ।

एमालेको मोरङ लगायतका जिल्ला अधिवेशनमा ओली र भण्डारी समूहले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए । मोरङमा ओली समूहलाई पराजित गरेर भण्डारी समूहले अधिवेशन कब्जा गरेको थियो ।

प्रधानमन्त्री ओलीले गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनाएका थिए । कार्यसम्पादनमा कमजोर मानिएका मन्त्री गुप्ताले एमालेको राजनीतिमा पूर्वराष्ट्रपति भण्डारीलाई भेट गरेका छन् ।

Published : Friday, 2025 May 2, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया