परराष्ट्रमन्त्री डा.राणासँग अजरबैजानका उप-विदेशमन्त्री, अजरबैजान र जर्जियाका राजदूतद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र अजरबैजानका उप–विदेशमन्त्री एलनूर मम्माडोभबीच भेट भएको छ ।

शुक्रबार सिंहदरबारमा परराष्ट्रमन्त्री डा.राणा र उप–विदेशमन्त्री मम्माडोभबीच भएको भेटवार्ता फलदायी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा नेपाल–अजरबैजान सम्बन्धका साथै आगामी सगरमाथा संवादमा सहभागिता सहित द्विपक्षीय र बहुपक्षीय सहयोग सम्बन्धी विषयमा छलफल भएको छ ।

यसैबीच, परराष्ट्रमन्त्री डा.राणासँग नेपालका लागि नवनियुक्त बेलारुसका गैर–आवासीय राजदूत मिखाइल कास्कोले भेट गरेका छन् । भेटघाटमा नेपाल–बेलारुस सम्बन्धमा केन्द्रित छलफल रहेको थियो ।

त्यसैगरी, नेपालका लागि जर्जियाका नवनियुक्त गैरआवासीय राजदूत वख्ताङ जाओशभिलीले पनि परराष्ट्रमन्त्री डा.राणासँग भेटवार्ता गरेका छन् ।

भेटघाटमा नेपाल–जर्जिया सम्बन्ध र बहुपक्षीय सहयोग सम्बन्धी विषयमा छलफल भएको छ ।

Published : Friday, 2025 May 2, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया