सभापति देउवाद्वारा संसदीय दलको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
शनिबारका लागि सभापति देउवाले संसदीय दलको बैठक बोलाएका हुन् । बैठक शनिबार दिउँसो १ बजे संघीय संसद भवन, नयाँ वानेश्वर, ल्होत्से हलमा बस्नेछ ।
बैैठकमा के विषयमा छलफल हुनेछ केही भनिएको छैन । यद्यपि, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रममा छलफल हुन सक्ने बुझिएको छ ।
सभापति देउवाले नीति तथा कार्यक्रम र बजेटका विषयमा कांग्रेसका सांसदहरूलाई रणनैतिक निर्देशन दिनेछन् ।
Published : Friday, 2025 May 2, 11:56 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया