बागमती प्रदेशस्तरीय स्पोर्ट्स अवार्ड एण्ड युथ समिट कार्यक्रम हुने

काठमाडौं । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले जेठको पहिलो हप्तामा हेटौंडाको हुप्राचौर खेलकुद मैदानमा बागमती प्रदेशस्तरीय स्पोर्ट्स अवार्ड एण्ड युथ समिट कार्यक्रम गर्ने भएको छ।
समपटका लागि युवा तथा खेलकुद मन्त्रालयले ३ सदस्य उप समिति मनोनीत गरेको छ। उपसमितिमा संयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठ सदस्यहरूमा तेक्वान्दो पूर्व अन्तर्राष्ट्रिय खेलाडी एवम् तेक्वान्दो वरिष्ठ गुरु प्रेमबहादुर भण्डारी बरिस्ठ खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेको छ।
उपसमितिले १० दिनभित्र बागमती प्रदेशमा रहेका नयाँ र पुरानो गरि ९ जना प्रतिभावान खेलाडी खेलकुद क्षेत्रको समाचार सम्प्रेषण गर्ने १ जना खेलकुद पत्रकारलाई नगद पुरुस्कार सहित सम्मान गर्न लगिएको हो।
देशमा संघीयता लागू भई सकेपछि बागमती प्रदेशमा यस्तो अवार्ड कार्यक्रम पहिलो चोटि हुन लागेको बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले बताए ।
७ महिना अगाडि मुख्यमन्त्री कार्यालय हेटौंडामा पारा ओलम्पिक गेममा कास्य पदक बिजेता तेक्वान्दोकि पलेशा गोबर्धनलाई नगद १० लाख र १९औं एशियन गेम रजत पदक बिजेता कराँतेकी एरिका गुरुङलाई नगद ५ लाखसहित हेटौंडा बजार परिक्रमा गरेर सम्मान गरिएको थियो। योभन्दा पहिलाका मन्त्रीहरूले यस्तो सम्मान कार्यक्रम गरेका थिएन ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया