हाम्रो बाध्यता छ, बहुमत भए हामी जानै पर्ने थिएन, यो शिक्षा पनि हो : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाली कांग्रेसलाई दुनियाँले पत्याएको पार्टी भन्दै अन्य दलहरू भनेका आउने जाने भइरहने बताएकी छिन् ।

बिहीबार वीपीनगर, ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा.राणाले भनिन्, ‘यो देश बन्छ, यो देश रहन्छ भन्ने कुरामा कुनै पनि डाउट नराख्नुस् । नेपालमा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस हो । अरु होलान् सानो सानो, आउने जाने हुन्छ । दुनियाँले पत्याएको हामी नै हो ।’

‘हामी लिडरसिपमा नगएसम्म हाम्रो पार्टीले गर्छु भनेको काम हामीले गर्न पनि सक्दैनौँ’, उनले भनिन्, ‘तपाईहरूलाई लाग्ला यिनीहरू मन्त्री बन्न गए । योसँग पनि गएका छन्, त्योसँग पनि गएका छन् भनेर तपाईहरूलाई बोर पनि लाग्ला ।’

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘हाम्रो बाध्यता पनि छ । बहुमत भएर आएको भए हामी जानै पर्ने थिएन अरु दलहरूसँग । यो अनिवार्य पनि हो । हाम्रो लागि शिक्षा पनि हो । हामीले यी सबै कुरा सिकेर अगाडि बढ्नुपर्छ ।’

उनले भनिन्, ‘हामीले रोस्पान्स कसरी गर्ने भनेर लेख्नु पर्ने रहेछ । त्यस्तो चिठी मैले कसरी साइन गर्ने ? मैले त यो चिठी साइन गर्न मिल्दैन । आई एम सरी भनेर त्यसलाई रिजेक्ट गर्नु प¥यो । मलाई थाहा छ कति जना हाम्रो साथीहरूलाई अफ्ठ्यारो पर्नेवाला छ ।’

‘म परराष्ट्रमन्त्री । मैले मेरो देश खत्तम भनेर त्यस्तो चिठी मैले कसरी साइन गर्ने र अरु देशमा पठाउन सक्छु होला र ?
त्यहाँ केही पनि भइसकेको छैन । आशावादी छु, केही पनि नहोस् ।’

‘त्यो बेला पनि भूकम्प आएको बेला १० वर्षको दिएको रहेछ । मैले नै चिनेजानेको अफ्ठ्यारो पर्छ अब । नेपाल वहाँहरूको लागि खुला छ’, उनले भनिन् ।

‘जहिले आए पनि हामीले रिपेट्रेट गर्नलाई वहाँहरूलाई पुनर्स्थापन गर्न सहयोग गर्न तत्पर छौँ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

उनले भनिन्, ‘नेष्ट जेनरेशनलाई कसरी लिङ्क गर्ने त हामीले ? नेष्ट जेनरेशनको नेपालीहरू त राजनीतिमा पनि लागिसकेका छन् । बेलायतमा कति जना आइपनि सकेका छन् ।’

‘अमेरिकामा पनि छ । अष्ट्रेलियामा पनि नेपालीहरू काउन्सलर लेबलमा त आइसकेका रहेछन् । नेश्नल लेबलको पोलिटिकलमा पनि उठ्नु भएको रहेछ । वहाँहरू पनि हाम्रो लागि सफ्ट पावर हो । हाम्रो देशमा विदेशको इन्ट्रेस्ट राख्ने वहाँहरूको तपाईहरूको ठूलो भूमिका छ । यो भूमिकालाई तपाईहरूले नजरअन्दाज नगर्नुस्’, डा.राणाले भनिन् ।

Published : Thursday, 2025 May 1, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया