गभर्नर नियुक्तिमा उमेर हद हटाउनेबारे सर्वोच्चको नयाँ आदेश

काठमाडौं । सर्वोच्च अदालतले गभर्नर नियुक्तिमा ६५ वर्षको उमेर हद हटाउने निर्णय कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता दिएको छ ।

बुधबार न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासले यसअघि वैशाख २ गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई नै निरन्तरता दिने आदेश गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईकेलले बताए ।

वैशाख २ गते सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले तत्काल ६५ वर्षको उमेर हद हटाउने निर्णयलाई कार्यान्वयन नगर्न भनेर अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

आदेशलाई नै निरन्तरता दिएसँगै ६५ वर्षको उमेर हटाउने गरी भएको मापदण्ड संशोधन कार्यान्वयनमा रोक लागेको छ ।

अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३ लाई दोस्रो संशोधन गरेको गर्दै नियुक्तिको उमेर हद हटाएको थियो ।

Published : Wednesday, 2025 April 30, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया