कांग्रेसका सांसद गर्बुजा राज्यमन्त्रीमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका छन् ।
बुधबार प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
गर्बुजा म्याग्दीबाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद हुन् । कांग्रेसमा लामो राजनीति गरे पनि गर्बुजाले ठूलो पद पाउन सकेका थिएनन् । सभापति शेरबहादुर देउवाले गर्बुजाले कांग्रेसमा गरेको योगदानको कदर गर्दै राज्यमन्त्री बनाएका छन् ।
यसअघि कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका थिए ।
केही समयअघि म्याग्दी पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले म्याग्दीले छिट्टै मन्त्री पाउने बताएका थिए । गर्बुजा कांग्रेस म्याग्दी सभापति पनि हुन् ।
बिचार/ब्लग
विश्वप्रकाशलाई केन्द्रीय सदस्य गुरुङको पत्र
कल्याण गुरुङ

फेसबुकबाट तपाईको प्रतिक्रिया