सभापति देउवा र परराष्ट्रमन्त्री डा.राणासँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.आरजु राणासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेट गरेका छन् ।

बुधबार बुढानिलकण्ठस्थित निवासमा भाजपाका विदेश विभाग प्रमुख चौथाइवालले सभापति एवम् पूर्वप्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा.राणासँग भेट गरेका हुन् ।

भेटपछि परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख डा. विजय चौथाइवालेसँग फलदायी भेटघाट भयो ।’

‘हामीले नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा ग¥यौं । हाम्रो पुरानो साझेदारीलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल ग¥यौं’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालको तीन दिने भ्रमणका लागि बुधबार काठमाडौं आएका छन् ।

Published : Wednesday, 2025 April 30, 9:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया