भाजपा विदेश विभाग प्रमुख चौथाइवालेद्वारा गृहमन्त्री लेखकसँग भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजयी चौथाइवालेले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन् ।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले गृहमन्त्री लेखकसँग भेट गरेका हुन् ।

भेटमा नेपाल–भारतबीचको सम्बन्ध, दुई देशका जनताको सांस्कृतिक लगायत विविध विषयमा छलफल भएको बुझिएको छ ।

चौथाइवाले बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । उनी ३ दिन काठमाडौंमा रहनेछन् । काठमाडौंमा रहँदा चौथाइवालेले विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।

Published : Wednesday, 2025 April 30, 3:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया