टीकापुर घटनाले रेशम चौधरीलाई फेरि तान्यो, काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई टीकापुर हत्याकाण्ड प्रकरणमा पक्राउ गरेको छ ।
बुधबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनबाट चौधरीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका प्रवक्ता अपीलराज बोहराले चौधरीलाई टीकापुर घटनाको कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशानुसार पक्राउ गरेको बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणाका लागि प्रज्ञा प्रतिष्ठान पुगेका बेला चौधरी पक्राउ परेका हुन् ।
कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ दुधे बालकको ज्यान लिने गरी भएको हत्याकाण्डमा मुख्य दोषी ठहर भएका चौधरीलाई जिल्लादेखि सर्वोच्च अदालतसम्मैले जन्मकैद सजाय तोकेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले चौधरीलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफ गरिदिएका थिए ।
चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । कडायत टीकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन् ।
कडायतको निवेदन भने सर्वोच्चमा विचाराधीन नै छ । यसको पछिल्लो पेसी गत माघ २७ गते रहे पनि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र विनोद शर्माको इजलास नै नबसेपछि सुनुवाइ हुन सकेको थिएन ।
त्यसअघि पनि सर्वोच्च प्रशासनले निकै फराकिलो समय राखी पेसी दिइरहेको थियो । अब अर्को पेसी असार १० गते तोकिएको छ ।
यस्तै प्रकृतिको रिटमा सर्वोच्च अदालतले राष्ट्रपतिबाट पाएको माफी बदर गर्दै रिगल भनिने योगराज ढकाललाई पुनः कैदमा पठाएको थियो । रिगलको मुद्दामा सर्वोच्चले जन्मकैदको सजायमा मिनाहा नपाइने भन्दै स्वेच्छाचारी निर्णय नगर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया