सोती नरसंहारका दोषीहरूलाई जन्मकैद सदर, अर्को कसूर बदर

वीरेन्द्रनगर । उच्च अदालत सुर्खेतले सोती घटनाका प्रतिवादीहरूलाई जिल्ला अदालतले दिएको जन्मकैदको सजायलाई सदर गरेको छ ।
मंगलबार अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सोती घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो । जन्मकैद २५ वर्ष हुन्छ । जातीय छुवाछुत कसूरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले बताएका छन् ।
जाजरकोटका नवराज बि.क.सहित ६ जनाको हत्या भएको रुकुम पश्चिमको सोतीमा भएको घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ ।
रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो । जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपियाँ जरिवाना गरेको थियो । जातीय छुवाछुत र जातीय भदभावको सजायलाई उच्च अदालतले बदर गरेको छ ।
पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले आंशिक उल्टी भएको हो ।
सोती घटनामा डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष), सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ल, नवराजकी प्रेमिकाका बुबा र दाजुलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
जन्मकैदको सजाय पाएका ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना तोकिएको थियो । नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेदमा दुई वर्ष कैद सुनाइएको थियो । प्रेमिका नाबालिग भएकाले एक वर्ष चार महिना मात्र कैद बसे पुग्ने जिल्ला अदालतको फैसलामा उल्लेख थियो । उच्च अदालतले जातीय विभेद कसूरको सजाय उल्टाएसँगै उनीहरूको सजाय बदर हुने उपरजिस्ट्रार थापाले बताए ।
२०७७ जेठ १० गतेको जातीय नरसंहारका रूपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज वि.क., भेरी नगरपालिका–४ का १७ वर्षीय गणेश बुढा मगर, २१ वर्षका सञ्जु वि.क., भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो ।
उनीहरूको शव भेरी नदीमा फरक फरक स्थानमा फेला परेका थिए ।
सोती घटनामा प्रतिवादीहरूले हुल बाँधेर लखेट्दै, हान्दै गरी ६ जना दलित समुदायको हत्या गरी भेरी नदीको भंगालोमा पु¥याएर कुटपिट गरेर हत्या गरेको खुलेको उल्लेख गरेको थियो ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया