ठमेलको दोहोरी साँझबाट सिंह पक्राउ
काठमाडौं । प्रहरीले ४१ वर्षीय दीपेन्द्र सिंहलाई ठगीको अभियोगमा दोहोरी साँझबाट पक्राउ गरेको छ ।
जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।
सिंह ठमेलको एउटा दोहोरी साँझबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र आफू अमेरिकबाट फर्केको पूर्वप्रहरी बताउने गरेका थिए ।
नेपालमा अहिले यार्सागुम्बाको व्यापार गर्ने गरेको त्यसमा लगानी गरे फाइदा हुन्छ भन्दै सिंहले रकम लिएर ठगी गरेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।
सिंहले ३६ लाख २ हजार १६६ रुपियाँ ठगी गरेको अभियोग लागेको छ । सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पनि ३० लाख बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ ।
प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा बाँके प्रहरीमा पनि सिंहविरुद्ध अर्को मुद्दा दायर छ ।
सेनामा भर्ती गराउने भन्दै ४ लाख ठगी गरेको अर्को मुद्दा इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया