सुजन र उमेश पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गर्ने ५६ वर्षीय सुजनकुमार उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

उप्रेतीले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि माल्टा लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कबिहीन बनेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

स्थायी घर काठमाडौं महानगरपालिका वडा नं. २ का उप्रेतीलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी, यूएई लैजाने भन्दै छ लाख रुपियाँ ठगी गरेर फरार रहेका २९ वर्षीय उमेश गुरुङ पनि पक्राउ परेका छन् ।

स्थायी घर धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ घर भएर हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ बस्ने गुरुङलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

Published : Tuesday, 2025 April 29, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया