गण्डकी कांग्रेसद्वारा मुख्यमन्त्रीसँग योजना र बजेटका बारे छलफल

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले आगामी बजेट र योजनाहरूका बारेमा छलफल गरेको छ ।
पोखरामा सोमबार बसेको बैठकले योजना र कार्यक्रमका विषयमा छलफल गरेको हो । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको सभापतित्व र केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष उपस्थितिमा बैठक बसेको थियो ।
मुख्यमन्त्री पाण्डेले पार्टीबाट चुनाव जितेका जनप्रतिनिधि र पार्टीका साथीहरूवीच समय–समयमा छलफल भइरहनुपर्ने बताएका छन् । उनले भने, ‘यो नीति तथा कार्यक्रम तय गर्ने समय हो, सार्वजनिक हित र सेवा मुलक घोषणाहरूका लागि साथीहरूले सुझाव आवश्यक छ, नागरिकको मन जित्ने र संगठन बलियो बनाउने कार्यमा लाग्नु पर्छ ।’
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश कार्यसमितिले हालसम्म गरेका कार्यमाथि प्रकाश पार्दै जिम्मेवारीमा रहेका सबै साथीहरू आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह गर्न आग्रह गरेका छन् ।
सभापति शर्माले भने, ‘पार्टी र सरकारवीचको सम्बन्ध राम्रो र बलियो हुनुपर्छ । प्रजातन्त्रमा सबैको जीत हुन्छ, हाम्रो विरासत राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रता नै हो ।’
उपसभापति मेखलाल श्रेष्ठले भने, ‘हामीले यो वा त्यो गुट, उपगुट नभनी सबै कांग्रेस बन्न सक्नुपर्छ ।’
महामन्त्री विष्णुप्रसाद लामिछानेले पार्टीले गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएका छन् ।
पार्टीको विधान अनुसार महिला, दलित र पर्यटन गरी ३ वटा विभाग थप गर्ने, प्रदेशभित्र रहेका महिला, तरुण दल तथा नेविसंघको विवादलाई चाँडै समाधान गरी अधिवेशन गराउनको लागि केन्द्रीय कार्यसमितिसँग माग गर्ने निर्णय भएको छ ।
क्रियाशील सदस्यको नवीकरण र नयाँ वितरण कार्यलय प्रभावकारी रुपमा सम्पन्न गर्ने, देशमा चलिरहेको शिक्षक आन्दोलनलाई तुरुन्त वार्ताद्वारा समाधान गरी शीघ्र रुपमा शिक्षा ऐन ल्याउन सरकारसँग जोडदार माग गर्ने निर्णय भएको छ ।
विभागका प्रमुख पूर्णबहादुर दाहाल, सीता गुरुङ, ईन्द्रराज पौडेल, द्रोणवन सन्यासी, अजित क्षेत्री, सरिता गुरुङ, हरिप्रसाद बराल, अनोद श्रेष्ठ, रविकला खनाल, शान्तिरमण वाग्ले, रमेश पौडेल, शकुन्तला शर्मा, आशिक गुरुङ, वावुराम पोखरेल, शिरोमणि बराल, नेपाली कांग्रेस स्याङ्जा जिल्लाका कार्यवाहक सभापति केदार काफ्ले, म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठलगायतले आफ्नो धारणा राखेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया