प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोमबार विशेष अदालतमा उनीहरूविरुद्ध ७ लाख ७९ हजार २०५ बिगो कायम गरेर मुद्दा दायर गरेको हो ।

धनकौल गाउँपालिकाका–६ स्थित कृषि बाटो निर्माण कार्यमा आर्थिक वर्ष २०८०÷०८१ को प्राविधिक इस्टिमेट बमोजिम काम नगरी मिलेमतोमा रकम अनियमितता गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहनप्रसाद साह, ईन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौं मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानु र कोषाध्यक्ष सुरतीया कुमारी तथा वडा नं. ६ का वडाध्यक्ष श्यामबाबु साहविरुद्ध आरोपपत्र दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका छन् ।

तोकिएको सर्त सम्झौता विपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनमा देखाई, गलत प्रतिवेदनसमेत दिई झुट्टा बिल भरपाई बनाएर ७ लाख ७९ हजार २०५ रूपियाँभन्दा बढी रकम भुक्तानी लिई÷दिई रकम हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।

Published : Monday, 2025 April 28, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया