ललितपुर र काठमाडौंबाट दुई महिला पक्राउ

काठमाडौं । प्रहरीले दुई जना महिलालाई विभिन्न कसूरमा पक्राउ गरेको छ ।
बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेकी ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३३ वर्षीया नेहा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई आइतबार महालक्ष्मी नगरपालिकाबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
अधिकारीविरुद्ध काठमाडौं र ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको थियो । उनीविरुद्ध जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर, प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त दरबारमार्ग काठमाडौंमा बैंकिङ कसूर सम्बन्धी उजुरी परेको थियो । अधिकारीले एक जना पीडितबाट ३० लाख रूपियाँ ठगी गरेको उजुरी परेको छ ।
उता, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले मोरङको कानेपोखरी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने मुना कार्कीलाई पक्राउ गरेको छ ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि दक्षिण कोरिया लैजाने भन्दै लामो समयसम्म झुक्याई सम्पर्कविहीन भएकी कार्कीलाई काठमाडौंबाट पक्राउ गरिएको हो । कार्कीले पीडितबाट ३ लाख ४० हजार रूपियाँ ठगी गरेको उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेकी कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया