ठूलो परिमाणमा लगाइएको अफिम खेती रग्दा र पाँचकटिया प्रहरीद्वारा नष्ट

पाँचकटिया । प्रहरीले जाजरकोट जिल्लामा ठूलो परिमाणमा खेती गरिएको लागुऔषध अफिम नष्ट गरेको छ ।

आइतबार इलाका प्रहरी कार्यालय रग्दा र प्रहरी चौकी पाँचकटियाबाट खटिएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो ।

जाजरकोट जिल्लाको विभिन्न स्थानहरूमा स्थानीयले १९ रोपनी जमीनमा अफिम खेती गरेका थिए । सूचना पाएपछि पुगेको प्रहरीले अफिम नष्ट गरेको जनाएको छ ।

Published : Monday, 2025 April 28, 8:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया