पोखरा १५ अर्ब घोटालाका नाइके प्रदीप, व्याज १ अर्ब, कमाइ २५ प्रतिशत : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पोखरा एयरपोर्ट निर्माणमा भएको भ्रष्टाचारप्रति चिन्ता जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सदनमा पेश गरिएको ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकलाई विचार गरियोस्’ भन्ने प्रस्तावको छलफलमा भाग लिँदै खतिवडाले भने, ‘हामी एयरपोर्ट बनाउँछौँ । पोखरा एयरपोर्ट वार्षिक १ अर्बभन्दा बढि व्याज तिर्नुपर्छ । इन्कम २५ प्रतिशत पनि छैन ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा झण्ड १५ अर्ब रुपियाँ भ्रष्टाचार भएको भन्दै सार्वजनिक लेखा समितिको उपसमितिले प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनले प्राधिकरणका महानिर्देशक समेत रहेका तत्कालीन आयोजना प्रमुख प्रदीप अधिकारीसहितका उच्च अधिकारीहरूलाई बर्खास्त गरेर कारबाहीको प्रस्ताव गरेको छ ।

‘आज हामी प्रत्येक कामहरू गर्दै जाने भ्रष्टाचारका गन्धहरू आउँदै गर्ने प्रवृत्ति गलत छ’, उनले भने ।

‘त्यसको निरुपण गर्नको लागि हाम्रो यो विधेयकले काम गरोस् । भ्रष्टाचार हुने व्यवस्थाहरू अन्त्य हुन्’, सांसद खतिवडाले भने ।

‘हवाई क्षेत्रमा भएका बदमाशीहरू अन्त्य गर्नका लागि कानूनहरू निर्माण गर्न सक्नु पर्छ’, सांसद खतिवडाले भने ।

उनले भने, ‘हाम्रा जहाजको मात्रै समस्या छैन । हामी ईयूमा जान पाइरहेका छैनौँ । हरेक मन्त्री आउने कालोसूचीबाट मुक्त गर्न कसैले गर्न नसक्ने ।’

‘नेपाल हवाई सेवा प्राधिकरण विधेयकलाई विचार गरियोस भन्ने प्रस्तावलाई छिटोभन्दा छिटो विधेयकलाई पारित गरौँ’, सांसद खतिवडाले भने ।

Published : Sunday, 2025 April 27, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया